युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक
पाेखरा | असोज १३, २०८०
पोखरा: युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर स्ेिथत बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो । बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन भएको हो ।
स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका छन । स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा दाहसंस्सकार गरिएको परिवारले जनाएको छ । स्वर्गीय श्रेष्ठ सामाजिक काममा सक्रिय रहेका थिए । श्रेष्ठले घिरिङ ३ मा रहेको चन्द्रज्योति माविलाई जग्गादान समेत गरेका थिएभने विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालय भभवन निर्माणमा समेत योगदान गर्दै घिरिङको बिकास निर्माणमा सक्रिय रहेका थिए ।
स्वर्गीय श्रेष्ठ को आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी युनाइटेड क्लब परिवारले समवेदना प्रकट गरेको छ । त्यसैगरी नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूूर्य बहादुर बानियाले वडा कमिटिका सचिव राजु श्रेष्ठको बुुवाको निधन प्रति शोक बक्तब्य जारी गरेका छन ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...

